बिएन जोशीद्वारा लिखित पुस्तकश्रमाटन शुक्रबार एक कार्यक्रम बीच राजधानीमा सार्वजनिक गरियो । पुस्तकका लेखक जोशीले विदेशीने क्रममाआफैले भोगेका वास्तविकपीडा र अनुभव समेटिएको छ ।श्रमाटनले लेखकको एक्लो भोगाइ मात्र नभई समग्र विदेशिएका युवाहरूको साझा जीवनगाथाको प्रतिनिधित्व गर्छ ।

पत्रकार समिक्षक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कविलक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक मणि शर्मा, शुभमल्ल, जगदीश भेटुवाल, भुवन बरालसहित लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका हुन् । सार्वजनिकलगत्तै समीक्षकबानियाँले ९० को दशकदेखि अहिलेसम्म वैदेशिक रोजगारीमाजाने क्रममा सबै नेपालीले भोगेको साझा पिडाको प्रतिनिधित्वश्रमाटन भएको उल्लेख गरे । उनले थपे यस्तो प्रतिनिधि मुलक पुस्तकलाई लामो समय सम्म प्रकाशकहरुले होडबाजीमा अलमलमा राखेर अन्तिममा साङ्ग्रिलाले बजारमा ल्याएकोप्रतिगर्व गरे ।

यसैगरी अर्को समीक्षकलामाले रोजगारीको क्रममा पीडा भोगेका भुइँमान्छेको यथार्थलाई श्रमाटनले प्रतिनिधित्वभएको व्यक्त गरिन् ।यसैगरी साङ्ग्रिल प्रकाशनप्रालिका मणि शर्माले यसरी वृतान्त सहितको पुस्तक व्यापकन आएको बेलामा जोशीजी को श्रमाटन प्रकाशन गर्न पाउँदाआभार प्रकट गरे ।लेखक जोशीको यसअघि निरर्थक २०६१ र मोडर्न बेली २०७३ गरि दुई पुस्तकआइसकेका छन् ।

साविक छाङ गाविस मनोहरी हालम्याग्दे गाउँपालिका तनहुँ निवासी जोशीले २ सय १४ पृष्ठ पुस्तकलाई दुई खण्डमा बाँडेका छन् । पुनर्जीवन र सफर रहेको छ । पुनर्जीवनमा उत्मात, निग्रह, ठाँटीको बास,आँपको भात, पुनर्जीवन, उद्धार, अमुक हाँसो, गोल्डेन बैंकक गेस्टहाउस, सोमकित र बिस्मात गरि १० शिर्षक रहेका छन् ।यसैगरी सफरमा आउट जेल,सुकुटी, उड्दाउड्दै उड्यो डेढ लाख, डिना सुलोभा र गडबडे गोविन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया