२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

आर्थिक वर्ष २०२१को बजेटबाट प्रत्येक योग्य १८ वर्ष पुगेका  हङकङका स्थाइ वासिन्दा र नव आगन्तुकले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न पाइने हङकङ डलर ५,००० बराबरको भौचर पाउने भएकाछ्न। यो भौचर प्रत्येक महिना एक हजारको दरले पाँच चरणमा वितरण हुने भएको छ। र  गर्मी मौसम शुरु हुन अघि यो भौचर वितरणको प्रक्रिया शुरु हुनेछ।

सरकारी स्रोतले जनाए अनुसार हङकङ मनिटरी अथोरिटीको मातहतमा रहेको भुक्तानी कम्पनी मार्फत यो भौचर वितरण हुनेछ जस्तै : अक्टुपस कार्ड, अलिपे, पेमि आदि ।
विद्युतीय माध्यमबाट वितरित यो भौचर प्राप्त गरेको एक महिना भित्र खर्च गरिसक्नु पर्नेछ।

फेब्रुअरी २४ तारीख अर्थ मन्त्री पल च्यानले वार्षिक  बजेट पेश गर्दा यो हङकङ डलर ५,००० बराबरको इलेक्ट्रोनिक भौचर प्रस्तावित गरेका हुन जसलाई  हङकङकि कार्यकारी प्रमुख क्यारी लामले स्वागत गरेकी छिन।

यो भौचरले जनसमुदायलाई  केही हदसम्म राहत पुग्ने कुरा व्यक्त लामले गरिन।

करिब ७२ लाख जना नागरिक यो भौचरबाट लाभान्वित हुनेछ्न र जसको लागि ३ अरब ६० करोड हङकङ डलर खर्च हुने कुरा अर्थ मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया