काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि अन्ततः प्रचण्ड-माधव पक्षले आआफ्नै पार्टीमा फर्किने निर्णय गरेका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम अब छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।

‘सर्वोच्च अदालतले गरेको फैसला राजनीतिक फैसला हो भन्दै नेता खनालले यो निर्णयले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गर्ने भए पनि अदालतले गरेको निर्णयलाई लागू गर्ने बताए । उनले अब एमाले र माओवादी केन्द्र छुट्टिएको पनि बताए ।

खनालका अनुसार बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेका छन् । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।

यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया