१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

बेजिङले हङकङमा उत्पन्न राजनीतिक समस्यालाई सुल्झाउने हेतुले गत वर्ष अर्थात जुन ३० तारीख २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । तर हङकङको संविधानमा विद्यमान केहि छिद्र नटालेमा चीन विरोधी गतिविधि हङकङमा यथावत रहने कुरा स्पष्ट थियो । त्यसैले बेजिङले हङकङको राजनीतिक व्यवस्थालाई नै पुनर्संरचना गर्ने पहलकदमी लियो। र मार्च ११ तारीख चीनको  नेसनल पिपुल्स कंग्रेसले हङकङको निर्वाचन प्रणाली संशोधन मस्यौदालाई पारित गरेकोछ । यो मस्यौदाको पक्षमा २,८९५ मत र विपक्षमा ० मत खसेको थियो । एक जना सदस्य अनुपस्थित थिए ।

यसरी हङकङको निर्वाचन प्रणालीमा आमूल परिवर्तन आउने गरि संशोधन गरेकोमा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो प्रशासनको तर्फबाट नेसनल पिपुल्स कंग्रेसलाई हार्दिक कृतज्ञता प्रकट  गरेकी छिन  बिहिवार मार्च ११ तारीख  । यो परिवर्तनले लेज्को (बिधान सभा )मा भएको अति राजनीतिलाई ठिक पार्ने कुरा उनले राखिन।

उनले अगाडि भनिन – यस भुमिको राजनीतिक संरचनालाई आकार दिने बिशेषाधिकार केन्द्रीय सरकारमा निहित छ र अहिलेको सुधारको उदेश्य नै बाटो बिराएको हङकङलाई सहि दिशामा ल्याउनु हो ।

” हङकङको शासन राष्ट्रवादीको हातमा ” भन्ने सिद्धान्त कार्यान्वयन भएपछि हङकङको निर्वाचन प्रणालीमा  व्याप्त छिद्र टालिएको कुरा उनले पोखिन। अब बेजिङको अटल साथ पाएपछि सरकारले आर्थिक उन्नतिमा छ्लाङ मार्दै नागरिकको जीवन स्तरलाइ माथि उकास्नेछ- उनले भनिन् ।

त्यसो त केहि दिन अगाडिको अन्तर्वार्तामा उनले केवल देशभक्तले मात्र हङकङलाई शासन गर्न पाउने कुरा सुनिश्चित गर्दै चीनले हङकङको निर्वाचन प्रणालीमा सुधार ल्याउदैछ  भन्ने  खबरबाट आफू हर्षित भएको कुरा प्रकट गरेकी थिइन । यो कदमले हङकङमा राजनीतिक सुरक्षा ल्याउने कुरा गरेकी थिइन।

हङकङको  राजनीतिक  व्यवस्थामा केहि  छिद्र  भएकै  कारण विगत केहि वर्षदेखि यहाँ राजनीतिक तथा सामाजिक अस्थिरता आएको र चीनले ती छिद्रलाई टाल्ने कामको शुरुआत गरिसकेको राय उक्त अन्तर्वार्तामा अभिव्यक्त गरेकी थिइन।

र आज आएर उनले त्यसबेला अभिव्यक्त गरेको आफ्नै कथन प्रतिको निर्ढुक्कतालाई यसरी प्रकट गर्छिन-  “लेज्कोभित्र जेकुरालाइ पनि राजनीतिकरण गरेर,अराजक कदम चालेर र आन्तरिक फुट ल्याएर  तहसनहस अवस्थामा पुगेको हङकङलाई अब भने हामी सम्हाल्न सक्षम हुनेछौं ।”

केही दिन अघि चीनिया सरकारी टेलिभिजन सिसिटिभीमा दिएको अन्तर्वार्तामा हङकङ नेत्री लामले गत साल हङकङ माथि लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन नै व्यवस्था सुधारको पहिलो पाइला थियो र अब अहिलेको निर्वाचन पद्धतिमा ल्याउन लागिएको सुधारले शान्ति र सुव्यवस्थालाई पुर्णतः पुनर्वहाली गर्दछ   भनेकी थिइन।

” सामाजिक रूपमा सुरक्षित हुनु मात्र काफी छैन राजनीतिक सुरक्षा पनि आवश्यक छ हङकङलाई  ।
हङकङ सारको चुनावी प्रणाली संशोधन भएमा राजनीतिक सुरक्षा सुनिश्चित रूपमा हुन्छ” उनले त्यसबेला भनेकी थिइन।

केन्द्रिय सरकारले हङकङको निम्ति बिकास संबंधी  ल्याउदै गरेको पंच वर्षीय योजनालाई पनि हङकङले उम्कन दिनु नहुने कुरा उनले त्यो वार्ताको क्रममा भनिन ।उक्त विकासको परियोजनामा हङकङलाई अन्तर्राष्ट्रिय उड्डयन केन्द्र , प्रविधि र इनोभेसन केन्द्र तथा सांस्कृतिक आदानप्रदान केन्द्र बनाउने गुरुयोजना रहेकोछ।

क्यारी लामले हालै चीनको अर्को अंग्रेजी भाषाको सरकारी टेलिभिजन सिजिटिएन(CGTN) मा बोल्ने क्रममा हङकङको निर्वाचन प्रणालीको संशोधन प्रक्रिया आगामी १२ महिनाभित्र संपन्न भैसक्ने आशा लिएको बताइन। र त्यसपछि त्यसलाई अनुमोदन गरि सोही अनुरुप अर्को कार्यकारी प्रमुखको चुनाव मार्च २०२२ सालमा गरिनेछ भनिन।

” कार्यकारी प्रमुखको कार्यकाल पाँच वर्षको हो। अहिलेको कार्यकारी प्रमुख जो म आफै हु र मेरो कर्यकाल अर्को वर्षको जुनमा सक्छ। सामान्यतया कार्यकारी प्रमुखको चुनाव मार्चमा हुने गर्दछ र अहिले हामी मार्च महिनामा छौँ  यसको अर्थ  अब हामीसंग ठ्याक्कै १२ महिना बाकी छ।” उनले भनिन।

“अहिलेको हालत पनि  राष्ट्रिय सुरक्षा कानुनको जस्तै भएकोछ। बेसिक लको धारा २३ अन्तर्गत हामीले राष्ट्रिय सुरक्षाको निम्ति स्थानीय कानुन बनाउनु पर्ने दायित्व थियो । तर हामी त्यस कुरामा असफल भयौं । त्यसैले अन्ततः परिस्थिति अति चिन्ताजनक भएपछि केन्द्रिय सरकार नै आउनु कर लागेको थियोे  र अहिलेको अवस्था पनि  ठिक  त्यस्तै हो।”

तपाईको प्रतिक्रिया