१४ मार्च २०२१हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २४ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न।

स्थानीय केस मध्ये १४  केस पुर्व केससंग संबंधित रहेको  छ भने १० केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,२८२ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ५  वर्ष  देखि  ४७  वर्ष बीचका १२ जना पुरुष र १२ जना महिला परेकाछन। ५ वटा केस लोकल कम्युनिटी टेस्टिङ सेन्टरबाट आएका हुन।

आज थपिएका पुष्टि  १० केसहरु  ग्राउन्ड फ्लोर , युनिट २-४,६४-६८ पोक फु लाम रोड , साइ यिङ पुनमा पर्ने अर्सस फिट्नेस सेन्टरबाट  आएकाछ्न। जस मध्येमा ४ जना  क्लोज कन्ट्याक्टमा रहेका  मानिस परेका छ्न भने  ६ जना कस्टमरहरु रहेकाछ्न।

अर्सस फिट्नेसबाट संक्रमित हुनेको कुल संख्या १०९ पुगेकोछ। यी १०९ जना भित्र  ७ जना  कर्मचारी , ८१ जना ग्राहक  र २१ जना घनिष्ठ संपर्कमा रहेका मानिसहरु परेकाछ्न।


अर्सस फिट्नेस सेन्टरबाट घनिष्ठ सम्पर्कमा परेको मानिसको संख्या ७५० पुगेकोछ जस मध्ये कोहि अनिवार्य परिक्षण र क्वारेन्टाइनमा गैसकेका छ्न। अर्सस फिट्नेस क्लस्टरको बिस्तार हङकङका ७ वटा स्कुल ( केलेट स्कुल समेत ) मा पनि भएकोछ र तत तमाम पाठशाला अहिले बन्द भएका छ्न। पाठशालासंग संबंधित १,९०० जना मानिस अनिवार्य कोरोना परिक्षणमा गैसकेका छ्न।


यो क्लस्टर संग संबंधित मानिस डुलेका ९० वटा अपार्टमेन्ट  र ६० वटा कार्यस्थल अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने भएकोछ।

आँप लेइ चाउमा पर्ने हार्वर स्कुल पनि अर्सस फिटनेस क्लस्टरको बिस्तारको शिकार भएकोछ। यस स्कुलमा भएको लघु भाइरस विस्फोटका कारण तीन जना शिक्षक पोजेटिभ पुष्टि भएकाछ्न।


अर्सस फिटनेसका ग्राहकको रूपमा रहेका आइटी टिचरबाट हार्वर स्कुलमा भाइरस फैलिएको थियो । उनिसंगै एउटै कक्षामा संलग्न एक आर्ट टिचरलाई पनि प्रारम्भिक पोजेटिभ भएकोछ।
यो स्कुलका तीन शिक्षकलाई क्वारेन्टाइनमा पठाइसकिएकोछ। साथै ३५ जना विद्यार्थी र ६ जना शिक्षण सहायक घनिष्ठ सम्पर्क सुचीमा परेकाछ्न। पाठशाला १४ दिनको निम्ति बन्द भएको छ।

कोभिड जिम क्लस्टरको विस्तार अन्यत्र पनि बढ्ने संभावना तडकारो रहेकोले होशियारी अपनाउनु पर्ने आग्रह डाक्टर अल्बर्ट आउले राखे ।

आजको दिन करिब २० वटा प्रारम्भिक पोजिटिभ केस देखापरेको छ।

आज संक्रमित अन्यमा एक जना ५ वर्षकी शेक वु वाइ , युन लङ निवासी बालिका पनि परेकी छिन। उनि सन आइल्याण्ड किन्डरगार्टन युन लङ शाखामा पढ्दछिन ।K2 मा पढ्ने  ती बालिका मार्च ५ तारीख सम्म स्कुल गएकी थिइन र ६ तारीखबाट  बिरामी भएकी हुन र मार्च १२ तारीखमा उनलाई हङकङ एड्भेन्टिस्ट अस्पताल लगिएको थियोे । मार्च १३ मा उनको पिता पनि संक्रमित भएका थिए ।

काउलुन टङ गभर्नमेन्ट स्कुलमा प्राइमरी ६ मा अध्ययनरत एक जना विद्यार्थी अज्ञात स्रोतबाट संक्रमित भएकाछ्न। उनको स्कुलको अन्तिम दिन मार्च ५ थियो । मार्च ११ मा बिरामी भएपछि मार्च १२ मा पोजिटिभ भएको थियो ।
उनी पढ्ने स्कुल १४ दिनको लागि बन्द भएकोछ र सबै विद्यार्थी र शिक्षकहरु अनिवार्य परिक्षणमा जानू पर्नेछ ।

तपाईको प्रतिक्रिया