५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा ।

सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ।

सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनिक स्थानमा अनिवार्य मास्क नलाएमा,कोभिड-१९ को टेस्ट बुझाउने आदेश मान्न अस्विकार गरेमा जरिवानाको भागिदार भइनेछ।

मुद्दाको प्रकिती हेरेर अधिकतम दस हजार डलर सम्म जरिवाना हुन सक्दछ।

यो जरिवानाले पनि अपेक्षित परिणाम नल्याएमा अझ जरिवानाको रकम बढाउने कुरा सरकारी अधिकारीले बताएकाछ्न।

तपाईको प्रतिक्रिया