१८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १० वटा नयाँ कोरोना  केस देखा परेको छ ।

आजको ४ आयातित केसमा २ जना फिलिपिन्सबाट  आएका ,एक जना इन्डोनेसियाबाट   र १ जना पाकिस्तानबाट आएका परेकाछ्न। हङकङमा कुल कोरोना केस संख्या ११,३५१ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ३ वर्ष  देखि  ५७  वर्ष बीचका ४ जना पुरुष र ७ जना महिला परेकाछन। आज अज्ञात स्रोतबाट ३ वटा स्थानीय केस आएकोछ। र बाकी ३ केस अर्सस फिटनेस क्लस्टरबाट संक्रमित हुनेहरूबाट सरेर आएकाछ्न।

आज अज्ञात स्रोतबाट आएको पहिलो केसमा एक १५ वर्षका बालक (केस नम्बर ११३४५) परेकाछ्न। ऊनी पढ्ने विद्यालय हो एस. के. एस. अल सेन्टस मिडल स्कुल , मङ कोक हो। ऊनी बस्ने स्थान हो १४४, टाइ नान स्ट्रीट ,प्रीन्स एडवार्ड हो। मार्च १२ तारीख ज्वरो आउने र खोकी चल्ने लक्षण उनमा देखिएको थियोे । मार्च १६ तारीख उनी घुम्ती नमुना संकलन स्टेसनमा परिक्षण गर्न जादा पोजिटिभ साबित भएका हुन।

दोस्रो स्रोतहिन केसमा एक ३५ वर्षकी महिला ( केस नम्बर ११३४६) परेकी छिन। मार्च ६ तारीखबाट उनले गन्ध थाहा पाउने क्षमता गुमाएकी थिइन र मार्च १६ तारिख उनलाई स्वास फेर्न गाह्रो भएको थियो । ऊनी पो ताक मेन्सन, स्मिथफिल्ड , केनेडी टाउनमा बस्तछिन। मार्च १६ मा कम्युनिटी टेस्टिङ सेन्टरमा गएर परिक्षण गरेपछि उनमा पोजेटिभ देखिएको थियो ।

तेस्रो स्रोतहिन केसमा ३६ वर्षका एक पुरुष ( केस नम्बर११३५१) परेकाछ्न जसलाई मार्च  ४ मा घाँटी दुखेको थियो । १६ मार्चको नमुना परिक्षण पछि उनलाई पोजेटिभ भएको थियो । उनी ब्लक – F , लुक यङ सन चुन, चुन वानमा बस्छन् ।

हङकङ कोरोना डाइरी १८ मार्च २०२१

१.फेज – ३ , क्वान यिक बिल्डिङ, डेस भक्स रोड , वेस्ट साइ यीङ पुन स्थित २ वटा ब्लक र होइ कुन कोर्ट र होइ तो कोर्ट, ग्लोस्टर रोड, कजवे बे को भवनहरुमा १२ घन्टे रात्रिकालिन एम्बुस लक डाउन भएको थियोे १७ मार्चमा जुन कार्वाहीमा २,४३० जनाको कोरोना परिक्षण भएको थियो । परिक्षणमा एक जनालाई पनि  पोजेटिभ देखिएको थिएन ।

२. हङकङ सरकारको प्रवक्ताले हङकङमा प्रयोगमा ल्याइएको दुइटा   भ्याक्सिनको विश्वसनीयता माथी राजनीतिक दुराशय राखेर कुनै पनि संस्थाले  शंका उत्पन्न  गराउने भ्रामक अभिव्यक्ति नदिन आग्रह गरेकोछ। सिंगो भ्याक्सिन वितरण परियोजनालाई असर पार्दै जनसमुदायलाई  भ्याक्सिन लिन निरुत्साहित पार्ने यस्तो कार्यको भत्सर्ना गर्नु पर्दछ प्रवक्ताले भने।

३. हङकङ रिक्रीएसन एन्ड स्पोर्ट्स प्रोफेसनल्स जनरल युनियनका अध्यक्षले फिट्नेस सेन्टरका सबै स्टाफलाई आफू र ग्राहकको रक्षाको लागि कोभिड खोप लिन आग्रह गरे।

४. हङकङ सरकारलाई भ्याक्सिन पासपोर्ट स्थापना गर्न विज्ञको सुझाव । वर्तमानमा  समान अनुपातमा भाइरस प्रकोप रहेका देश जस्तै जापान , साउथ कोरिया , चीन , ताइवानसंग आपसी समझदारीमा भ्याक्सिन पासपोर्ट बनाइ बोर्डर खुल्ला गर्ने विषयमा विज्ञ जनको राय सार्वजनिक ।भ्याक्सिन पासपोर्टलाई अभ्यासमा ल्याइएमा कुनै पनि  देशमा जादा क्वारेन्टाइनमा बस्नु पर्दैन ।

तपाईको प्रतिक्रिया