काठमाडौं । ब्यापारी अजेयराज सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला परेको छ । सम्पत्ति शुद्धिकरण विभागले लामो अनुसन्धानपछि सुमार्गीको साढे ११ अर्बभन्दा बढी रकम अबैध रहेको फेला पारेको हो ।

सम्पत्ति शुद्धिकरण विभागका एक अधिकृतले दिएको जानकारीअनुसार बिभागले एक महिना अघि नै अबैध सम्पत्ति रहेको जनाउदै सुमार्गीविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । तर राजनीतिक उथलपुथलका कारण मुद्दा रोकिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेपछि विभागले पनि छुट्टै अनुसन्धान गरेको थियो ।

दुई वर्ष अघिको दुवै अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउने गरी विभागलाई जिम्मेवारी दिएको थियो । अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको भए पनि ठोस प्रमाण फेला परेपछि पछिल्लो एक महिनाअघिदेखि सुमार्गीलाई मुद्दा चलाउने तयारी गरिरहेको थियो ।

बिभागको अध्ययनअनुसार करिब ११ अर्ब ५० करोड रुपैंयाँ उनले विदेशबाट भित्र्याइसकेका थिए । प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्वीकृती दिने निकायहरु उद्योग विभाग, उद्योग मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै सुमार्गीले उक्त रकम भित्र्याएका थिए ।

सुमार्गीको अबैध सम्पत्तिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको समेत हिस्सा रहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया