२४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ र मकाउले बायोएन्टेक उत्पादित कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याचको वितरणलाई  केहि समयको लागि स्थगित गरेको छ।


खोपको प्याकेज ड्यामेज अवस्थामा भेटिएपछि चाइनिज उत्पादक कम्पनीको सल्लाहमा खोप वितरण प्रक्रिया  बन्द गर्ने निर्णय भएको हो। खोपको प्याकेज मात्र खराब भएको हो खोप होइन सरकारले भनेकोछ। र उक्त खराबीको कारण पत्ता लगाउनको निम्ति खोप केही समयको लागि बन्द भएको हो।

सांघाइ फोसन फार्मासिटिकल ग्रुपले भ्याक्सिनको प्याकेजमा त्रुटि भएको कुरा  लिखित पत्र मार्फत जानकारी दिएको कुरा मकाउले गरेकोछ। यो ग्रुपलाई यो खोप उत्पादन गरि सम्पुर्ण चीनभरी , हङकङ , मकाउ र ताइवान सम्मको बजार हेर्ने अधिकार दिइएको छ।

हङकङमा आज बिहान दस बजे  अचानक बायोएन्टेक भ्याक्सिनको वितरण बन्द भएको खबरले बिशेष गरि आजै बुकिङ भएका नागरिकमा आतंक छाएको थियोे ।
मार्चको शुरूवातबाट यो भ्याक्सिनको वितरण शुरु भएको थियो । पहिलो डोज भ्याक्सिन लगाइसकेकाले अब अर्को हप्ता दोस्रो डोज पनि लाउनु पर्दछ। के भ्याक्सिन स्थगनको खबरले दोस्रो डोज भ्याक्सिन लाउने समय तालिकामा असर पर्ला?


यस विषयमा हङकङ  युनिभर्सिटी संक्रामक रोग केन्द्रका प्रोफेसर हो पाक- ल्यङले आज बिहान आवश्यक परेमा दोस्रो डोजको समय तालिका सर्न सक्छ भनेका छ्न। भ्याक्सिनको दोस्रो डोज ४२ दिन भित्र लगाएमा यसको प्रभावकारितामा कमि आउदैन भन्दै अगाडि भने फोसुन फार्माले दिएको सूचना अनुसार यो घटनामा प्याकेज सम्बन्धि त्रुटी मात्र सामेल छ, भ्याक्सिनको सेफ्टी र गुणस्तरमा असर परेको छैन।

खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानले यस बिषयमा हङकङको स्वास्थ बिभाग र फोसुन फार्माको आपतकालीन वैठक बस्दैछ र बैठकको नतिजा सार्वजनिक नभैन्जेल बायोएन्टे कोमिनार्टी भ्याक्सिनले निरंतरता प्राप्त गर्दैन भनिन।


स्मरणीय छ, बायोएन्टेक कोमिनार्टी भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा स्टोर गरेर राख्नु पर्छ र खोपको लागि प्रयोग गर्न पुर्व बाहिर निकालेर राख्नु पर्छ। स्रोतले बताए अनुसार प्रयोगको लागि बाहिर निकालेको बेला आइस बिलिएर भ्याक्सिनको बिर्को हल्का कोल्टे परेको हुन सक्छ। तर आइस बिलाउने प्रक्रिया जारी रहेको बेला तापक्रममा आएको परिवर्तनले नै बोतलको बिर्को कोल्टिएको हो भन्ने कुरा यकिन छैन। त्यसैले उचित होशियारीको लागि सरकारले सिंगो खोपकरण प्रक्रियालाई नै निलम्बन गर्नु परेको हो।


आज अपरान्ह  २:३० बजे जनसेवा मन्त्री पेट्रीक निप, खाद्य तथा स्वास्थ मन्त्री शोफिया च्यान र हङकङ स्वास्थ बिभागका निर्देशक कन्सट्यान च्यानले एक पत्रकार भेला गरेर अहिलेसम्मको बायोएन्टेक भ्याक्सिनको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

आज भ्याक्सिन एपोइन्टमेन्ट हुनेहरुलाइ सरकारले खबर गरिसकेको  र अर्को समय तालिका बारे सबैलाई छुट्टाछुट्टै खबर गरिने कुरा निपले गरे।
डाक्टर  कन्स्ट्यान्स च्यानले हङकङमा जम्मा दुई ब्याच कोमिनार्टी भ्याक्सिन आएको कुरा बताइन । पहिलो ब्याच नम्बर  २१०१०२ को  ५८५,००० डोज  भ्याक्सिन फेब्रुअरी २८ मा हङकङ आइपुगेको थियो ।

दोस्रो ब्याच नम्बर २१०१०४ को ७५८,००० डोज भ्याक्सिन ७ मार्चमा हङकङ आइपुगेको थियोे । र अहिलेसम्ममा १५०,००० डोज भ्याक्सिन वितरण भैसकेको छ र यो वितरण भएको सबै भ्याक्सिन पहिलो ब्याच नम्बर २१०१०२ को हो।

भ्याक्सिन चलाएको बखतमा कतिपय प्याकेज चर्किएको पाइयो । प्रयोगको लागि भ्याक्सिन बाहिर निकालेको बेला इन्जेक्सनको प्रेसर पनि कतिपय अवस्थामा उच्च देखिएको थियो ।  शिसीको बिर्को फोरेर भित्रको तरल पदार्थ २२ पटक सम्म स्प्रे भएर बाहिर निस्किएको घटना पनि पाइएको थियोे ।  भ्याक्सिनको क्याप खुकुलो भएको, शिसी लेग्रा बसेको प्रमाणहरु पनि भेटियो । १४ वटा भ्याक्सिन विषाक्त भएको पाइएको थियो ।


डाक्टर च्यानले थप अगाडि भनिन आज बिहान फोसुन कम्पनीबाट आएको लिखित पत्रमा ब्याच नम्बर २०१०१२ भ्याक्सिनमा सुरक्षाको कुनै समस्या नभए पनि  पुर्ण अनुसन्धान हुन आवश्यक छ भनिएकोछ।

दोस्रो डोजको सन्दर्भमा भने  यहि चालु ब्याचको भ्याक्सिन प्रयोग गर्न मिल्छ या मिल्दैन भनेर हङकङ सरकारले फ्याक्ट्रीलाई  सोधी सकेको छ। अन्यथा अर्को ब्याचको चलाउनु पर्ने हो भने  यथाशीघ्र जवाफ दिन आग्रह गरेकोछ पनि गरेको छ। यदि दोस्रो डोज भ्याक्सिन यो शनिबार भन्दा अगाडि वितरण हुन नसक्ने स्थिति भएमा सरकारले संयुक्त कमिटीको सिफारिस मुताविक चल्ने भएको छ ।

आज बिहान हङकङ सरकारले बायोएन्टेक भ्याक्सिन वितरण कार्यक्रम रोक्का भएको घोषणा गरिन्जेलमा करिब १,००० मानिसले यो भ्याक्सिन ग्रहण गरिसकेका थिए । हङकङमा भ्याक्सिन ग्रहण गर्नेको कुल संख्या  करिब ४००,००० पुगेकोछ ।

तपाईको प्रतिक्रिया