२८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १ आयातित केस मात्र  देखा परेको छ । ती आयातित केस नम्बर ११४४७ इन्डोनेसियाबाट आएकी २४ वर्षकि महिला हुन।
हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,४४७ पुगेको छ ।
हङकङमा शुन्य स्थानीय केस भएको आज दोस्रो दिन हो। गत साल १४ अक्टोबरबाट आजको दिन सम्मको पाँच महिनाको अवधिमा सबै भन्दा कम केस भएको दिन आजै हो।

.कोभिड – १९ भ्याक्सिन लगाएको २० दिनपछि   एकजना ६२ वर्षका दीर्घ रोगी पुरुषको मृत्यु भएकोछ। भ्याक्सिनसंग संबंधित  मृत्युबारे हस्पिटल अथोरिटीबाट  रिपोर्ट पाएको कुरा हिजो (२७ मार्च) डिपार्टमेन्ट अफ हेल्थले जनाएको थियोे ।
ती मृतक उच्च रक्तचाप ,हाइपरलिपिडिमिया (रगतमा बोसो जम्ने रोग) , ग्लुकोज सन्तुलन संबंधी समस्या र मोटोपन बाट ग्रसित थिए । स्रोतका अनुसार उनले ७ मार्चमा साइनोभ्याक भ्याक्सिन काउलुन बे स्पोर्ट्स सेन्टरमा लगाएका थिए ।
हङकङमा भ्याक्सिन लगाएपछि मृत्यु हुनेको संख्या १२ पुगेको छ। मृत्यु हुनेहरूमा ९ जनाले साइनोभ्याक र २ जनाले कोमिनार्टी भ्याक्सिन लगाएका थिए ।

. अहिलेसम्ममा करिब ४४९,२०० डोज भ्याक्सिन नागरिकहरुले लगाइसकेकाछ्न। जसमा करिब ४३७,२०० जनाले भ्याक्सिनको पहिलो डोज लिएकाछ्न। साइनोभ्याकको पहिलो डोज लिनेको संख्या करिब २८५,९०० पुगेको छ भने बायोएन्टेक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या करिब १५१,३०० पुगेको छ। करिब १२,००० जनाले साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज लिइसकेका छ्न।

.सरकारका सल्लाहकार डेभिड हुइले हङकङमा ब्याप्त कोभिड -१९ को चौथो लहर पराकाष्ठा पुगेको ठहर गरेकाछ्न। तर इस्टर चाडको छुट्टीमा धेरै सतर्कता अपनाउन सल्लाह दिएका छ्न जनसमुदायलाई।
उनले भायोएन्टेक भ्याक्सिनको शिसीको प्याकेजमा देखिएको समस्याको समाधान यही हप्ताभित्र हुने बताएकाछ्न। यो भ्याक्सिनको पहिलो डोज लिइसकेकाहरुले दोस्रो बुस्टर डोज पनि  समयमा नै पाउने छ्न उनले भने।

तपाईको प्रतिक्रिया