काठमाडौं । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावलले सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा आफ्नो समूहले के गर्छ भन्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।

घटनाक्रमहरुलाई नजिकबाट हेर्ने र आवश्यकताअनुसार निर्णय लिने उनको भनाइ छ । माधव नेपाल पक्षधर स्थाइ समिति सदस्यहरुको वैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । अविश्वास प्रस्तावबारे अहिल्यै परिकल्पना गर्नु आवश्यक नरहेको उनले बताए ।

वैठकले पार्टी विधानविपरित काम गरेर अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई छिन्नभिन्न पार्न खोजेको भन्दै गम्भिर आपत्ति जनाएको छ । थप राजनीतिक अन्योल र अस्थिरता नहोस भन्ने कुरा ध्यानमा राखेर पार्टी सुदढीकरण तथा प्रशिक्षण अभियान अगािड बढाइने रावलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया