काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्‌मा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसद्‌मा लैजाने बताए ।

सरकार बाहिर रहेका, प्रतिगमनविरुद्ध संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलकोबीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने बताए । खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनस्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले वार्ता गर्ने, समझदारी बनाउँने र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेश गर्ने उनले बताए । अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि पौडेलले बताए ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए ।

जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया