काठमाडौं । माधव नेपाल-झलनाथ खनाल समूहको नेकपा एमालेले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । उक्त समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटी घोषणा गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।

नेपाल समूहको जिल्ला समिति २ सय २५ सदस्यीय रहेको छ ।

खनाल-नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय थियो ।

तपाईको प्रतिक्रिया