काठमाडौं । उद्योगमा औद्यौगिक प्रयोजनका लागि आवश्यक पर्ने तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले सात दिनभित्र विवरण पेश गर्नका लागि आग्रह गरेको हो ।

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भइ कार्यन्वयनमा आएको मन्त्रालयले जनाएको छ।

औद्योगिक प्रयोजनका लागि आ-आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के-कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ त्यसको नाम, रसायन संकेत र आवश्यक वार्षिक परिमाणको स्पष्ट विवरण सात दिनभित्र शाखामा आइपुग्ने गरी पेश गर्नुहुन सबैलाई सूचित गरिन्छ, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया