काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले २०८ जना आफ्ना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । विभिन्न २४ मुद्दामा अभियोग लागेका नेता कार्यकर्ता रिहा गर्न जसपाले गृह मन्त्रालयलाई पत्र पठाएको हो ।

जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेतारकार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाले जनाएको छ ।

नेता झाका अनुसार ती २४ मुद्दामा अभियोग लागेका २०८ जना विभिन्न १३ जिल्लाका नेतारकार्यकर्ता हुन् । यो २०८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका रेशम चौधरीदेखि प्रदेशको सामाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

तपाईको प्रतिक्रिया