काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै दिन नचल्ने बताउनुभएको छ । काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो । प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताउनुभयो । सरकारले संविधान मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने प्रचण्डको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहाँको भनाइ थियो । प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया