काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश(२ सभाका चार सांसद पदमुक्त भएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले उनीहरुलाई कारवाही गरेको हो ।

झण्डै ६ महिनापछि बसेको प्रदेश २ सभा बैठकमा सभामुख सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रले चार सांसदलाई पदमुक्त गरेको पत्र पढेर सुनाएका छन् ।

शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको विधान र राजनीतिक दल सम्बन्धी ऐनले तोकेको दायित्व जानी जानी उल्लंघन किन गरेको भन्दै २४ घण्टै स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरू चारैजनालाई सांसद पदबाट मुक्त गरिएको पत्र माओवादीले सभामुखलाई पठाएको थियो ।

तपाईको प्रतिक्रिया