काठमाडौं । आज नयाँ वर्ष । अर्थात् विक्रम सम्वत् २०७८ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति र समृद्धि मिलोस्, ‘हङकङ खबर’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

आजको दिनबाट हामी अर्को वर्षमा प्रवेश गरेका छौँ। यो वर्ष बितेका वर्षहरू भन्दा फरक हुनेछ । अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा कोराना भाइरसको सन्त्रासमा थियौँ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट विश्वलाई मुक्ति मिलेको छैन । विश्व नै कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैले नयाँ वर्षलाई साथीभाइ, टोलछिमेक मिलेर धुमधामसँग रमाइलो गरी मनाउन पाइने छैन । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले स्वास्थ्य रहे अर्को वर्ष नयाँ वर्ष धुमधामले मनाउला, यस वर्ष भने भौतिक दूरी कायम गरेर नयाँ वर्ष मनाऔं ।

आउनुहोस् नेपालीहरूको नव वर्षको यो दिनमा नेपाली मनहरूलाई मात्र नभई विश्वभरकै मानव जातिको सुस्वास्थ्यको कामना गरौं । यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ साबित होस् ।

नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना !

तपाईको प्रतिक्रिया