काठमाडौं । बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई आज नेपालले सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्दैछ ।

प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकारीले सम्मान गर्ने कार्यक्रम छ । यो सम्मानबाट ९ हजार जतिलाई समेट्ने र पहिलो चरणमा संख्या संकलन भएकालाई प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

जनआन्दोलन २०६२र६३ मा घाइते मुकेश कायस्थलाई काभ्रे प्रशासनले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नेछ । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गर्ने कार्यक्रम तय भएको छ । उपत्यकामा रहेका बहिगर्मित पूर्वलडाकुसहित जनआन्दोलन २०४६ र २०६२र६३, मधेस आन्दोलन र माओवादी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई प्रधानमन्त्री ओलीले सम्मान गर्ने गृह मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया