काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित बनेका क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय नजान अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा वर्गीकरण गरेसँगै उक्त क्षेत्रका विद्यार्थीलाई विद्यालय जनान अपिल गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा बढेका कारण प्रभावितमा क्षेत्रमा पर्ने यी जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन अपिल गरिएको हो ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

तपाईको प्रतिक्रिया