काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।

सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मुलुकका कार्यकारी प्रमुखलाई जोडेर मुलुक र राष्ट्रियताविरुद्धको कार्य क्षम्य नहुने बताए ।

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर भ्रामक पत्र तयार गरेकोबारे नेपाल प्रहरीले पनि शुक्रबार विहानैबाट अनुसन्धान सुरु गरेको छ । साइबर ब्यूरोले प्रधानमन्त्रीको हस्ताक्षर फोटोसप गरेर पत्र तयार गर्ने समूहको खोजी सुरु गरेको जानकारी दिएको छ । राज्यविरुद्ध नै गम्भिर आक्षेप लगाउने गरी सक्रिय समुहलाई आवश्यक कानुनी कारवाही गरिने ब्यूरोले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया