लेखक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित पहिचान सम्मानबाट सम्मानित भएका छन् । उनलाई पहिचान पुरस्कार कोषले यो सम्मान प्रदान गरेको हो ।

पाच दशक भन्दा लामो समयदेखि निरन्तर किरानाकृत नागरिकको आवाजलाई लेखनको माध्यामबाट पहेरेदार गरिरहेका उनका कलम राज्यका हरेक प्रतिगामी कदम विरुद्धको कदमहरुमा खबरदारी गरिहेका हुन्छन्।

सधैँ जनताको साथमा रहने खगेन्द्र संग्रौला पीँधका पाठकहरुका प्रिय लेखक हुन् जसले सधै उनिहरुको हकहित र अधिकारको बारेमा वकलत गर्दै आएका छ र हेरक आन्दोलन र परिवर्तनहरुमा सधै सडकमा छन् ।

कार्यक्रमको अध्यक्षता साहित्यकार नरेश काङमाङ राईले गरेका थिए त्यसैगरि युवा नेताहरु रामकुमारी झाँक्री र अजम्बर काङमाङले संग्रौला को बिषयमा आआफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै लेखक तथा आदिवासी जनजाति साहित्यकार सङ्घ नेपालका अध्यक्ष राजन मुकारुङले मन्तब्यको क्रममा नेपालमा स्थापित अन्य पुुुरस्कार भन्दा फरक सयौं नागरिकहरुको आर्थीक श्रमबाट निर्माण पहिचान कोष आफैमा महिचान हो भन्ने बिचार व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अथिति वैरागी काइला उपस्थित नभए पनि उनले अडियो माफैत सभालाई सम्बोधन गर्दै संग्रौलाका बारेमा बोलेका थिए । कोषले लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गरिएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया