समाजसेवी ,गायक पूर्ण लिम्बु राष्ट्रिय स्तरबाट जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित भएका छन् । २०७८ बैशाख १ गते राष्ट्रपति निवासमा एक कार्यक्रमका बीच पूर्ण लिम्बुलाई उक्त राष्ट्रिय पदकबाट सम्मानित गरिएको हो ।

पेशाले ब्रिटिस गोर्खा सैनिकका भूतपूर्व क्याप्टेन तथा हाल गोर्खा वेलफेयर ट्रस्ट नेपाल पूर्वाञ्चल क्षेत्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । उनले २०७२ सालको नेपालको भूकम्पको संकटकालीन परिस्थितिमा अहोरात्र खटेर जनसमुदाय बिचमा सहयोग पुर्याउनुको साथै अन्य अनगिन्ती नागरकिलाई व्यक्तिगतरूपमा सहयोग गर्दै आएका छन् । खासगरि उत्पीडित, पिछडिएका निमुखा, गरीब जनताहरुको शिक्षा तथा स्वास्थको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

त्यस्तै अहिलेको विषम परिस्थिति कोभिड १९ कोरोना भाईरसले गर्दा विश्व नै माहामारीबाट ग्रसित भएको अवस्थामा जनताको घरदैलोमा पुगी उचित राहत व्यवस्थापनको काममा समेत उनि निरन्तर लागिपरेका छन् । नेपाल सरकारले गरेको सम्मान आफ्नो लागि निकै ठुलो र मुल्यवान रहेको र यसले आफुलाई अझ बढी काम गर्न हौसला मिलेको पूर्ण लिम्बुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया