५ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा आज देखा परेका १०१ कोरोना संक्रमित रोगीहरु मध्ये २९ जना रोगीलाई कसरी कोभिड लाग्यो पत्ता लाग्न सकेन।

हङकङ स्वास्थ बिभागका प्रतिनिधि डाक्टर अल्बर्ट आउ का विङले भने अनुसार नयाँ ६३ जना रोगीहरुमा पहिलेका रोगीबाट कोरोना सरेको हो। आरम्भिक टेस्टमा कोरोना पोजेटिभ देखिएका पचास जना भन्दा बढी रोगी अन्तिम पुष्ठिको लागि पर्खेर बसेका छ्न।

कोभिड कताबाट लाग्यो भनेर स्पष्ट भएका केसहरु मध्येमा १८ जना डान्स ग्रुप क्लस्टर बाट परेकाछ्न,६ जना ताइ कोक चुइ स्थित वृदाश्रमबाट र तीन जना लोहास पार्क कन्स्ट्रक्सन क्लस्टरबाट आएका छ्न।

आजको अरु दुईवटा केस साउ के वानमा पर्ने फङ शु चुन डे एकटिभिटी सेन्टरबाट र एक जना हङकङ सानाटेरियम एन्ड हस्पिटलबाट परेका छ्न।

संक्रमितमा पर्ने एकजना नर्स वाम्पो स्थित प्राइभेट क्लिनिककि हुन।

करिब २० वटा जति केस कम्युनिटी टेस्ट सेन्टरबाट आएका हुन।

नौ जना आयातीत केसहरु भित्र क्याबिन क्रीउ,सेलर,र बेलायत ,पाकिस्तान ,इटाली ,इन्डोनेसिया ,अमेरिका र रशियाबाट फर्किनेहरु परेका छ्न।

हङकङको कुल कोभिड संक्रमण संख्या ६,८०२ र मृत्युु संख्या ११२ पुगेको छ।

तपाईको प्रतिक्रिया