काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विना अक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।

त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्को वर्षको लागि सार्नु परेको छ । उनि सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछन् । एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

 

तपाईको प्रतिक्रिया