भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ ।

भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताउनु भएको छ ।
हाल कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा रहेको समाचार स्रोतले जनाएको छ ।

पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए ।

निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।

तपाईको प्रतिक्रिया