त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको जानकारी दिएका छन् ।

मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भने नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो ।
सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ ।

विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो । उनीहरु विभिन्न एयरलाइन्सको उडान मार्फत विदेश जाने योजनामा थिए ।

 

तपाईको प्रतिक्रिया