काठमाडौं । युवा नेता बालिका खड्का पक्राउ परेकी छन् । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएका बेला प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खड्काले अश्लिल शब्द प्रयोग गर्दै प्रहरी र राईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा पनि भाईरल भइरहेको छ ।

प्रहरीले मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया