२२ अप्रिल २०२१ हङकङ

यहि १८ अप्रिल २०२१ का दिन किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले आयोजना गरेको बृहत कार्यक्रममा लेखक,साहित्यकार तथा समाजसेवी श्री नरजित राइको चौथो कृति ” नसकिने बाटो”को लोकार्पण  बगैचा पार्टी प्यालेस रेस्टुरेन्ट जोर्डनमा सम्पन्न  भएको छ।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको कुलपति श्री शशि मदन राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा, हङकङका अध्यक्ष हरिस चन्द्र  राई प्रमुख अतिथी र नेपाली साहित्य परिषद हङकङका अध्यक्ष किसन राई बिशेष अतिथी हुनु हुनु हुन्थो।  किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सचिब किन्दर कुमार राइले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा भाषिक सस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनु भएका थिए।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका प्राज्ञ बिपिन (वसन्त)राइले सो कार्यक्रममा स्वागत  मन्तव्य  व्यक्त  गर्नु भएको  थियो।

सभाका अध्यक्ष ,प्रमुख अथिती,बिशेष अतिथी  र कृतिकारले सामुहिक रूपमा कृतिको लोकार्पण गर्नु भएको थियो। कृतिकार नरजित राइलाइ किरात राई चाम्लिङ खाम्बातिम हङकङको तर्फबाट शिरमा फेटा गुथाइ सम्मान गरिएको थियो ।  कृतिकार  किरात राई चाम्लिङ खाम्बातिम हङकङको  सस्थापक अध्यक्ष पनि हुनुहुन्छ्। साथै  उपस्थित महानुभावबाट पनि  कृतिकारलाइ  गलामा खादा लगाइ दिई सम्मान गरेका थिए।

कृतिकार नरजित राई ज्युले कृति प्रकाशानार्थ सहयोग गर्नुहुने सहयोगकर्ताहरु ज्ञान बहादुर राई, शशी मदन राई, शेर बहादुर पयाङो,पिताम्बर राई, प्रबिण किशोर राई, धिराज कुमार राई,  टन्कमाया राई,जगत अम्बु गुरुङ, बज्र कुमार राइलाई टोपी र खादा लगाइ दिई सम्मान गर्नु भएको थियो।

कृति नसकिने बाटोको समिक्षा  साहित्यकार तथा पत्रकार  बज्र कुमार राइले गर्नु भएको थियो। ” नरजित राइले कृतिलाइ सरल र सहज भाषामा पस्क्नु भएको र समग्रमा सबै शिर्षकहरु पाठकहरुका लागि  पठनिय नै रहेका कुरा व्यक्त गर्नु भएको थियो।

नेपाली साहित्य परिषद हङकङका अध्यक्ष किसन राईले  कृतिकारलाइ बधाई दिएका थिए ।प्रमुख अतिथी हरिचन्द्र राइले ” लेखक समाजसेवी  नरजित राइले आफ्नो कृति मात्र होइन किरात राई यायोक्खा हङकङको इतिहास (१९९८-२०२१) पनि लेखी सक्नु भएको  र अब तत्कालै प्रकाशन गरिने जानाकारी सहित प्रगतिको कामना गर्नु भयो।

कृतिकार नरजित राइले “लेख्नु आफ्नो सौख भएको  र बाचुन्जेल लेखी नै रहने भाव व्यक्त गर्दै पाठकहरुले आफ्नो कृतिलाइ पढेर रमाइ दिनु भए आफू सफल भएको ठान्द्छु” भन्नू भयो।

किरात राई प्रज्ञा प्रतिष्ठान  हङकङका कुलपति शशी मदन राई ज्युले कार्यक्रमलाइ समापन गर्नु भएको थियो। स्मरण रहोस् यस भन्दा अघि लेखकका कृतिहरु आकाश खोज्दै जादा, समुद्र माथिको शहर, र मनोबिम्ब प्रकाशित भइ सकेका छन।

तपाईको प्रतिक्रिया