काठमाडौं । नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् ।

ओलीले एमालेमा लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइने बताए ।

केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय नहुने ओलीले बताए । उनले पार्टी ध्वंस बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरण सामना गरेर आएको भन्दै अब आफूहरुको भागमा जीत मात्र रहेको बताए । ०७४ सालमा पपुलर मत ४४ लाख मत पाएको रअब ५० लाख ल्याउने उनको भनाई छ ।

साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि पुनः गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया