काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी गठन गर्दा महिला प्रतिनिधित्वबिहीन बनेपछि चर्को आलोचना भएको छ ।आज सम्पन्न बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गर्दा एक जना पनि महिला समावेश नभएपछि आलोचना भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो महिना मात्रै अब हरेक कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको थियो । तर एमालेले गठन गरेको स्थायी कमिटीमा एक जना पनि महिलाको नाम छैन । एमालेप्रेमीहरुले यसलाई तत्कालै सच्याउन नेतृत्वलाई दवाव दिएका छन । सामाजिक सञ्जालमा पनि यस बिषयमा चर्को आलोचना भएको छ ।

तपाईको प्रतिक्रिया