काठमाण्डौ । इतर अभियानको आयोजनामा इतर कविता संवार्ता सम्पन्न भएको छ । आदिवासी सौन्दर्य पहिचानको आवाज मूल नारा सहित स्थापना भएको इतर आवाजद्वारा प्रकाशित ३ सय ४१ कविका ३ सय ४१ कविता संङ्कलित इतर कविता सङ्ग्रह अहिलेसम्म प्रकाशित ठुलो कृति हो ।

वक्ताहरू तारालाल श्रेष्ठ, प्रध्यापक कृष्ण खनाल, रिता शाह र मधु मिझारले टिप्पणीसहित शुभकामना दिदै उक्त कृति आफैमा एैतिहासिक र महत्वपुर्ण रहेको बिचार व्यक्त गरेका थिए ।

इतर आवाज साहित्य समाज राज्यबाट सीमान्तकृत,आदिवासी जनजाति तथा पिछडिएको वर्ग समुदायहरूको सौन्दर्य, संस्कृति र दबिएका आवाजहरूलाई मौलिक आवाजमार्फत बुलन्द गर्दै लैजाने उदेश्यका साथ स्थापना भएको हो ।

कविता संग्रहमार्फत सीमान्तकृत आवाजहरूलाई गोलबद्व गरी खबरदारी गर्ने चेष्टा गरेको इतर अभियन्ता मात्रीहाङ नेम्बाङले बताए । उक्त कार्यक्रमको उठान साहित्यकार राजन मुकारुङले गरेको थिए भने बैठान चलचित्रकर्मी नवीन सुब्बाले गरेका थिए । कार्यक्रमको सहजकर्ताका रूपमा गुरुङ सुशान्त रहेका थिए ।

तपाईको प्रतिक्रिया