कवि प्रकाश आङदेम्बेको एउटा बिहान हिँडिरहेछु कविताकृति हिजो एक साहित्यीक समारोहबीच मण्डला थिएटरमा सम्पन्न भयो ।

६५ कविता संकलित रहेको सो कृतिमा जीवन मृत्यु र भोगाइहरुको गहिरो अनूभुति रहनुका साथै नश्लीय मनोबिज्ञानलाई अत्यन्तै शसक्त रुपमा उजागार गरिएको छ ।

वक्ताहरु भुपाल राई,श्रवण मुकारुङ ,विमला तुम्खेवाले संग्रहमा रहेका कविताहरू भोगाईहरूका दस्तावेज भएको र जीवनवादी लाग्ने यी कबिताहरुले लेखकको बिचार र स्वभाव र विचारको प्रतिनिधि गर्ने र शालिनरुपमा आफ्नो बिचारलाई अभिव्यक्त गरेकोले कवि सफल भएको बिचार व्यक्त गर्नुभयो ।

कृतिभित्र रहेका कविताहरुले पहिचानको मुद्दा र विश्व दृष्टिकोणलाई पनि अत्यन्तै शसक्तरुपमा बोलका छन् कृतिलाई द नेसेन्स फेलेक्स र द मार्जिनले संयुक्त रूपमा प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया