झापा । बैशाख १३ गते कञ्चनजंघा  अंपाग कल्याण संघ भद्रपुर-१ को ११ औँ साधरणसभा तथा ५ औँ अधिवेशन  श्री कृष्ण प्रसाद  गेलालको अध्यक्षतामा भद्रपुर -२ को वार्ड कार्यलयको सभा हलमा  सपन्न भएको छ।

प्रमुख अतिथि भद्रपुर वार्ड नम्बर -२ का अध्यक्ष भिम बहादुर  सुब्बा , बिशिष्ठ  अतिथि भद्रपुर वार्ड नम्बर ३ का अध्यक्ष  कमला थुलुङ रहेका थिए  भने अतिथिहरुमा वार्ड नम्बर -१ का सदस्यहरु राम प्रसाद अधिकारी , देवी प्रसाद गुरुङ ,कार्यपालिका सदस्य  ममता सुब्बा ,पृथ्वीनगर स्वास्थ चौकी प्रमुख  नेत्र प्रसाद दाहाल,मेची बहिरा संघका अध्यक्ष  गणेश पौडेल, अपाङ्ग संघका आजिवन सदस्य शिव प्रसाद राजभण्डारी रहेका थिए ।

अपांग संघका संस्थापक अध्यक्ष नर बहादुर भुजेल समेतको उपस्थिति रहेकोे उक्त कार्यक्रममा स्वागत मन्तव्य  दोर्जे लामाको रहेको थियो भने  सञ्चालन नगेन्द्र प्रधानले गरेका थिए ।

स्वास्थ चौकी पृथ्वीनगरमा संचालन भैरहेको हेरचाहको लागि उत्प्रेरणा कार्यक्रमको तर्फबाट   अंपागता भएकाहरूलाई शैक्षिक सामग्री , सहायक उपकरण  ,निशुल्क स्वास्थ्य बिमा बितरण आदि प्रदान  गरिएको थियो ।
अधिवेशनले अध्यक्ष पदमा कृष्णप्रसाद गेलाल, उपाध्यक्षमा सुरेश कुर्मी , सचिवमा दोर्जे लामा, कोषाध्यक्षमा  हस्त माया सुब्बा  र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ , जित ब. राई ,  सीता तामाङ , पारुहाङ राईलाई चयन गरेको थियो । ११ सदस्यको कार्य समितिमा बाकी रहेको पदलाई पछि परिपुर्ति गर्ने कुरा सचिव दोर्जे लामाले बताए।

तपाईको प्रतिक्रिया