काठमाडौँ । निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्प खुला रहने भएका छन् । नेपाल आयल निगमले बुधबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा पेट्रोल पम्पहरू खुला रहने जनाएको हो ।

पेट्रोलियम प्रदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन निगमले थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुल्ला राख्ने पनि जनाएको छ ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले विनाकाम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

हेर्नुस् के-के चल्न पाउँछन् ? के पाउँदैनन् ?

तपाईको प्रतिक्रिया