काठमाडौं । उपत्यकामा कोरोनाभाइरसको संक्रमण जोखिम उच्च छ । यही अवस्थालाई बिचार गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

तर ललितपुरको पुल्चोकमा रातोमछिन्द्रनाथको जात्राका लागि रथ बनाउने काम चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा बिहीबारदेखि रथ निर्माणको काम सुरु भएको हो । स्वास्थ्य सावधानी अपनाएर रथ निर्माणका लागि अनुमती दिइएको प्रशासनको भनाइ छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डीप्रसाद निरौलाले स्थानीयको माग र संस्कृतिसमेत जोडिएको विषय भएकाले रथ निर्माण र परम्परा धान्नका लागि अनुमति दिइएको बताए । यद्यपी कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गरिनुपर्नेमा प्रशासनले जोड दिएको छ ।

‘महास्नान गरिसकेपछि रथ निर्माणदेखि तान्ने लगायतका सबै प्रक्रिया पूरा गर्नुपर्ने मान्यता रहेछ’ धर्म संस्कृतिसँग जोडिएको विषय भएकाले स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिने भन्ने भएको छ’ उहाँले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया