काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया