काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

गण्डकी प्रदेश प्रमुखमा नियुक्त पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन।
्र
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।

यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया