काठमाडौं । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका निर्देशक डा. संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताइन् । ५० मध्ये १५ बेड गर्भवतीका लागि र ३५ बेड अन्य महिलाका लागि छुट्याइएको पनि मिश्राले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया