काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा आज मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै उनलाई विश्वासको मत लिनबाट रोक्न र योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

तपाईको प्रतिक्रिया