काठमाडौं । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो । यो संख्या हालसम्मको उच्च हो । योसँगै कोरोना संक्रमितको कुल संख्या तीन लाख ५१ हजार ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनामा गरिएको पीसीआर र ५७१ जनामा गरिएको एन्टीजेन परीक्षणमा सात हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका जम्मा १६ हजार ७०२ जनामा गरिएको परीक्षणमा ४५।८६ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् भने २५३ जना संक्रमित क्वारेन्टाइनमा छन् । मंगलबार एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएको यो नै सर्वाधिक संख्या हो । यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।

तपाईको प्रतिक्रिया