काठमाण्डौ । आज मिति २०७८बैशाख २१ गते प्रकाशित “ आफनै ठानेको मान्छे यौन पिपासु बनेपछि ” भन्ने समाचारप्रति महिला सुरक्षा दवाव समुहको ध्यानआर्कषण भएको र सो घटनामा दोषी व्यक्तीलाई कानुन बमोजिम सजाय हुनुपर्ने जोड दिदै प्रेस विज्ञप्ति मार्फत आव्हान गरेको छ ।

बिज्ञप्तीमा गत चैत्र २३ गते काभ्रे जिल्लामा ६० बर्षीय अपाङ्गता भएर ओछ्यानमा थलीएकी आमा समानकी एक बृद्ध महिलालाई दार्चुला मालिकार्जुन गाँऊपालिका घर भई हाल निज महिलाकै छिमेकमा बस्ने र उनलाई सहयोग गरिरहने तारासिंह धामीले बलात्कार प्रयास गरेको घटना उल्लेख छ ।

मुलुक यतीबेला कोभिड–१९ को चपेटामा छ र यो बीच महिला हिंसा बढ्न सक्ने भन्दै विभीन्न मानव अधिकार एवं महिला अधिकारकर्मीहरु तथा सम्पुर्ण नागरिक समाजले सबै खाले महिला हिंसाको विरोधमा आवाज उठाउन जरुरी छ भन्ने उल्लेख गरिएको छ ।

देशमा तिन तहको सरकार भएपनि महिला र बालिका माथीको हिंसा दिन प्रतिदिन श्रृङखलाबद्ध रुपले बृद्धि भैरहनुमा मुलुकको सुरक्षा संयन्त्र निर्णायक तहमा बस्नेहरु गैरजिम्मेवार भएको कारण नै प्रमु्ख कारक तत्व रहेको उल्लेख गरिएको छ ।

यसैले आउने दिनहरुमा यस्ता घटना हुन नदिन नेपाल सरकार, सुरक्षा निकाय र अन्य सम्बन्धित निकायको ध्यान आकृष्ट गराउन चाहन्छ । साथै यस घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाहीका साथै पिडित महिलालाई उचित न्याय सहितको क्षतिपूर्ति दिलाउनका लागि महिला सुरक्षा दवाव समूह जोडदार माग गर्दछ भन्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया