एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उदघोष गरेकी छन् ।
झलनाथ खनाल,माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’
उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’

उनले हिन्दी कहावत पनि जोडेकी छन्, ‘हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’

रातो पाटीबाट साभर

तपाईको प्रतिक्रिया