काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि आज बिहीबार बिहान उनलाई काठमाडौंको बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत प्रधानको दिउँसो १ः४५ बजेतिर निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

प्रधानको पारिवारिक स्रोतअनुसार शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

प्रधानको जन्म वि. सं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको थियो ।

उनका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै चर्चित गीतहरु छन् ।

स्वर्गीय प्रधानप्रति हङकङ खबर डटकम पनि हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

तपाईको प्रतिक्रिया