न्युयोर्क ।अमेरिका । गुरुङ (तमु) सोसाईटी ईन्क यू.एस.ए.न्यूयोर्कले नेपाली राष्ट्रिय विभूति स्व.डा.हर्क गुरुङको  स्मृतिमा यही आउॅदो मे महिनाको २९ र ३० तारीख मेमोरियल डे को अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी ओपन भलिबल प्रतियोगिताको आयोजना गर्न गई रहेकोछ ।

गुरुङ  समुदायबाट पहिलो पि.एच.डी. गर्नु भएका भूत पूर्व मन्त्री श्री स्व.डा.हर्क गुरूङ एसियाकै प्रख्यात भूगोलविद,वातावरण संरक्षणविद,राजनीतिज्ञ,समाजसेवी, आदिबासी जनजाती अगुवा साथै खेलकूदप्रेमी हुनुहुन्थ्यो।
पहिलो पटक आयोजना गर्न लागिएको यस डा. हर्क गुरूङ स्मृति कप भलिबल प्रतियोगितामा न्यूयोर्कको विभिन्न संघ-संस्था/क्लब तथा छिमेकी राज्यहरूबाट समेत सहभागी हुने अपेक्षा गरिएको गुरूङ(तमु) सोसाईटी ईन्कका वर्तमान अध्यक्ष श्री विजय गुरूङ र यस भलिबल प्रतियोगिताका संयोजक जीत गुरूङले बताएकाछ्न।

यो खेल खेलाउॅनुको उदेश्य  नेपाली समाजमा स्व.डा. हर्क गुरूङको चिनारी गराउॅनु  हो । र स-साना वाल वालिका, किशोर किशोरीहरूले शैक्षिक स्तरोन्नती गरेर विविध विधामा उत्कृष्टता हॅासिल गरेर समाजमा अग्रणी भूमिका निर्वाह गर्दा भविष्यमा या मृत्यु पर्यन्त पनि सम्झिने रहेछन भन्ने सन्देश दिलाउन यो कार्यको थालनी भएको हो। साथै उनीहरूको मन मस्तिष्कमा पनि हामीले राम्रो काम गरियो भने सबैले सम्झिने रहेछ भन्ने छाप बसाउन  यो भलिबल प्रतियोगिता गराएको कुरा आयोजकले बताए।

तपाईको प्रतिक्रिया