काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठकलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस नेताहरुलाई भेटेर आफूलाई विश्वासको मत मागेका थिए । तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको छ ।

कांग्रेस पदाधिकारी बैठकले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया