काठमाडौं । आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित आजै बिहान हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया