ढाका । बंगलादेशले भारतमा पहिचान भएको अत्यधिक संक्रामक भनिएको कोरोनाभाइरसको प्रजाती द्वारा संक्रमित ६ वटा केस पत्ता लगाएको छ।
राजधानी ढाकाको अस्पतालमा दुई व्यक्तिको केस जाच पड्ताल गर्दा B.1.617 नामक खतरनाक नश्ल उनीहरुमा भेटिएको कुरा स्वास्थ निर्देशक नसिमा सुल्तानाले मे ८ तारीख शनिबार प्रेस ब्रीफिङमा भनिन। बाँकी ४ जना राजधानी बाहिरका केस रहेकाछ्न।
बंगलादेशले भारतबाट पानीजहाज मार्फत आउने यात्रुहरूलाई प्रवेश निषेध गरेको हप्तौं पश्चात यो भाइरस पत्ता लागेको हो।
कोभिड -१९ महामारीको दोस्रो लहरलाई सामना गर्ने क्रममा २५ अप्रिलका दिन बंगलादेशले अप्रिल २६ बाट लागु हुनेगरी भारतबाट पानी जहाज मार्फत छिर्ने यात्रुहरूलाई प्रवेश निषेध गरेको थियो ।
भारतमा कोभिड- १९ संक्रमणको रफ्तारमा तीव्र वृद्धि भएपछि दुई देशहरू बीचको हवाई सेवा १४ अप्रिलदेखि रोकिएको थियो।
बंगलादेशमा शनिबार जारी कोरोनाभाइरस रिपोर्टमा १,२८५ संक्रमित र सो दिनको मृत्यु संख्या ४५ पुगेको थियो । शनिबारसम्ममा बंगलादेशको कुल संक्रमित केस हो ७७२,१२७ भने कुल मृत्यु संख्या ११, ८७८ रहेकोे थियो ।