फेरि भेट्ने सकियो आश हार्दिक समवेदना
सबैको होस् स्वर्ग मा बास हार्दिक समवेदना

यस्तो के नै गल्ती थियो सिधै मृत्यु दियौं प्रभु
नहोस् फेरि यस्तो विनाश हार्दिक समवेदना

यो मुटुमा दम भएन श्रद्धाञ्जली दिन पनि
धर्ती फाट्यो खस्यो आकाश हार्दिक समवेदना

घरमा भयो रे आगलागी भन्ने सुन्दा खबर
जगत भयो सारा निराश हार्दिक समवेदना

भयो होला धेरै गाह्रो पिडा खेप्न नसकेर कठै
छोडी गयौं एक मुठी सास हार्दिक समवेदना

✍️गीता अधिकारी , हङकङ

१५ नोभेम्बर ,२०२०सालको हङकङ आगलागीप्रति समर्पित

तपाईको प्रतिक्रिया