काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मनको कुरा खोलेका छन् । आफ्ना प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आज सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए म त्यसमै सामेल हुनेछु ।’

सुवेदीमार्फत गौतमले सार्वजनिक गरेको दोस्रो बुँदामा भनिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा ९एमाले० को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो,’ गौतमलाई उद्धत गर्दै सुवेदीले भनेका छन्, ‘तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने मा ।’ त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएको सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया